अपि पावरले दार्चुला पावर कम्पनीमा ७३ करोड लगानी गर्ने

२०८१ पुस ११ गते

अपि पावरले दार्चुला पावर कम्पनीमा ७३ करोड लगानी गर्ने

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले दार्चुला पावर कम्पनी लिमिटेडमा ७३ करोड रुपैयाँ स्वपुँजी रकम लगानी गर्ने निर्णय गरेको छ । अपि पावरको पुस १० गते बुधबार बसेको संचालक समितिको बैठकले कम्पनीको २१औं वार्षिक साधारण सभाबाट संचालक समितिलाई प्रदान गरेको अख्तियारी बमोजिम स्वपुँजी रकम लगानी गर्ने निर्णय गरेको हो।

दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला, मार्मा गाउँपालिकामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना प्रवर्द्धन गरिरहेको छ। सो आयोजना निर्माणको लागि आवश्यक स्वपूँजी १ अर्ब ४२ करोड ५२ लाखको ५१.५८२ प्रतिशतले हुने रकम ७३ करोड रुपैयाँ अपि पावर कम्पनी लिमिटेडले दार्चुला पावर लिमिटेडमा लगानी गर्ने निर्णय गरेको हो ।

Advertisement:

Ad
Ad

यस संगै अपि पावर लिमिटेडले दार्चुला पावर लिमिटेडको बहुमत शेयरको स्वामित्व लिएको छ।