अमेरिकामा अध्ययनरत छात्रा मुना पाण्डेको गोली प्रहार गरी हत्या

२०८१ भदौ १२ गते

अमेरिकामा अध्ययनरत छात्रा मुना पाण्डेको गोली प्रहार गरी हत्या

काठमाडौं । अमेरिकाको ह्युस्टनमा एक नेपाली छात्राको गोली हानी हत्या भएको छ । ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत छात्रा मुना पाण्डेलाई उनी बस्ने अपार्टमेन्टमै गोली प्रहार भएको हो ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । मुना एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेन्ट’ को रूपमा २०२१ मा अमेरिका पुगेकी थिइन् । अमेरिकाबाट प्रकाशित हुने हिमालय खबर डटकममा प्रकाशित समाचार अनुसार उनी ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात ‘अटस्पी’ ९पोष्टमार्टम० का लागि शव अस्पताललाई जिम्मा लगाएको समाचारमा जनाइएको छ ।

Advertisement:

Ad
Ad