अमेरिकाले लगायो चीनमाथि १०४ प्रतिशत कर, बढ्यो विश्वव्यापी आर्थिक मन्दीको खतरा

२०८१ चैत २७ गते

अमेरिकाले लगायो चीनमाथि १०४ प्रतिशत कर, बढ्यो विश्वव्यापी आर्थिक मन्दीको खतरा

काठमाडौँ । बुधबारदेखि लागु हुने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौं देशहरूमा लगाएको पारस्परिक कर कार्यान्वयन भएको छ। जस अनुसार चिनियाँ सामानहरूमा सर्वाधिक १०४ प्रतिशत बराबरको भन्सार कर लगाइएको छ। उक्त कदमले विश्वव्यापी व्यापार युद्धलाई थप गहिराइमा धकेल्ने भएको छ ।

ट्रम्को दण्डनीय करले दशकौंदेखि कायम रहेको विश्वव्यापी व्यापार व्यवस्थालाई हल्लाएको छ। यसले विश्वव्यापी आर्थिक मन्दीको खतरा बढाएको छ भने अन्तर्राष्ट्रिय प्रमुख कम्पनीहरुले बजार मूल्यबाट खर्बौं डलर गुमाएको छ।

Advertisement:

Ad
Ad

"अब हाम्रो पालो हो लुट्ने," राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भाषणमा भने, उक्त भाषणमा उनले चीन र अन्य देशहरूलाई अमेरिकामाथि बर्षौंदेखि एक तर्फी कर थोपरेकोले आलोचना गरे।

"तिनीहरूले हामीलाई बायाँ र दायाँ लुटेका थिए। तर, अब हाम्रो पालो हो। ," राष्ट्रपतिले भने।

अमेरिकाले चीनबाट आयात हुने सामानमाथि १०४ प्रतिशत बराबरको कर लगाएपछि चीन पनि थप आक्रामक बनेको छ। चीनको वाणिज्य मन्त्रालयले अमेरिकाको कदमलाई  "दृढतापूर्वक प्रतिवाद गर्ने" र "अन्तसम्म लड्ने" प्रतिबद्धता जनाएको छ ।