२०८३ भदौ २२ गते
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट दिवंगत भएका सम्पूर्ण व्यक्तिहरूको सद्गतिको कामना गर्दै सामूहिक धार्मिक अनुष्ठान गरिएको छ ।
सोमबार बिहान पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती नदीको तटमा मृत आत्माको सामुहिक रुपमा सद्गति गरिएको नेपाल वेदविद्याश्रमका गौसलाका शिक्षक विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।
उनको अनुसार बाढीबाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्य र साहस प्राप्त होस् भन्ने पवित्र उद्देश्यले श्रीमद्भगवद्गीता पाठ, श्री विष्णुसहस्रनाम स्तोत्र पाठ, द्वादशाक्षरी एवं पञ्चाक्षरी मन्त्रजप तथा हरिनाम सङ्कीर्तन आयोजना गरिएको हो ।उनले अकाल मृत्यु निवारणको लागि यो पाठ गरिएकाृ पनि जानकारी दिए ।
उनले भने,‘श्रीमद्भगवद्गीता पाठ, श्री विष्णुसहस्रनाम स्तोत्र पाठ, द्वादशाक्षरी एवं पञ्चाक्षरी मन्त्रजप तथा हरिनाम सङ्कीर्तन आयोजना गरिएको छ । अकाल मृत्यु निवारणको लागि यो पाठ गरिएको हो
प्रतिक्रिया