काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको जलेर मृत्यु

२०८२ कात्तिक १९ गते

काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको जलेर मृत्यु

रामेछाप काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका कोदारी सडकखण्डमा आज बिहान भएको टिपर दुर्घटनामा चालक किसिम राईको जलेर मृत्यु भएको दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्

प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बा ४०७२ नम्बरको टिपर सडकबाट करिब १५० मिटर तल भिरमा खस्दा आगलागी भएको थियो आगोले पुरै टिपर जले पछि चालक मण्डनदेउपुर नगरपालिका झगारपुरका २८ वर्षीय किसिम राईको घटनास्थलमै मृत्यु भएको हो

Advertisement:

Ad
Ad

टिपरका सहचालक सोही स्थानका २२ वर्षीय बिक्रम राई गम्भीर घाइते भएका छन् शरीरका विभिन्न भागमा डढेका बिक्रमलाई स्थानीयले उद्धार गरी तत्काल धुलिखेल अस्पताल पु¥याएका थिए प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको प्रहरीले जनाएको

मृतक राईको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको