आशिकाले आफ्नै दलको प्रधानमन्त्रीलाई चुनौती दिँदै भनिन्, 'नेपालले भारतको सिमा कहाँनेर मिच्यो देखाउनुस्'

२०८३ जेठ १८ गते

आशिकाले आफ्नै दलको प्रधानमन्त्रीलाई चुनौती दिँदै भनिन्, 'नेपालले भारतको सिमा कहाँनेर मिच्यो देखाउनुस्'

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेनं) शाहको नेपालले भारतको सिमा मिचेको अभिब्यक्तिलाई उनकै पार्टीकी सांसद आशिका तामाङले प्रमाणित गर्न चुनौती दिएकी छन् ।

 

Advertisement:

Ad
Ad

उनले सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्,  'प्रधानमन्त्रीज्युले नेपालले भारत को भुमि कहाँ कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनु हुन हार्दिक अपिल गर्दछु, किनकि सधैंभरि म लगायत हामी नेपालीहरु ले भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा थियोे तर आज बाट हामि ले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौं, जुन कुरा हजुरबाट पुष्टि हुनेछ भन्ने कुरा मा हामी विश्वस्त छौं।'

आइतबार संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले भारतले नेपालको सिमाना मिचेको सबैलाई थाहा भएपनि नेपालले पनि भारतको कतिपय ठाउँको सिमाना मिचेको बताएका थिए । उनले आफु प्रधानमन्त्री भएपछि मात्र थाहा भएको अभिव्यक्रि दिएका थिए स सम्भवत देशको प्रधानमन्त्रीले आफ्नै देशको सार्वभौमसत्ता र सिमा विरुद्ध बोलेको पहिलो केस हो । कुनैपनि देशको सामान्य नागरिकले समेत देशको सार्वभौमसत्ताको विषयमा सोचेर बोल्नुपर्ने हुन्छ । तर देशको प्रधानमन्त्रीले यस्तो बोल्नु राष्ट्रको लागि घात भएको टिप्पणी भइरहेको छ । कतिपय संसदले उनको अभिव्यक्ति रेकर्डबाट हटाउँन माग गरिरहेका छन् ।