२०८३ भदौ १७ गते
काठमाडौं । संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोगका लागि राहत लिएर नेपाल आइपुगेको छ । ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री काठमाडौँ आइपुगेको हो ।
बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत दुई हजार ६०० परिवारलाइ सहयोग स्वरुप पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट तथा सौर्य बत्तीलगायतका उक्त सामग्रीमा उपलब्ध गराइने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
प्रतिक्रिया