२०८३ साउन ०१ गते
काठमाडौं । आजबाट शिक्षा, स्वास्थय र विद्यतुमा लगाइएको कर कार्यान्वयनमा आएको छ । निजी शैक्षिक संस्थाले लिने शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क कार्यान्वयनमा आएको छ । यस्तै निजी स्वास्थ्य संस्थाको सेवामा पनि ३ प्रतिशत स्वास्थ्य समता शुल्क आजैदेखि कार्यान्वयनमा आएको छ ।
घरायसी विद्युत उपभोगमा पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु भएको छ । अब ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने परिवारले पाँच प्रतिशत भ्याट रकम तिर्नुपर्ने छ ।
पाँचतारे वा सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्ट र आयातित मदिरामा २ प्रतिशत विलासिता शुल्क लागेको छ । मिनी क्यासिनोलाई दोब्बर बानाइएको रोयल्टी शुल्क पनि आजैबाट कार्यान्वयनमा आएको छ । वार्षिक रोयल्टी १ करोड ५० लाख रुपैयाँबाट वृद्धि भएर अब ३ करोड रुपैयाँ पुगेको छ।
सूचीकृत कम्पनीको शेयर बिक्रीबाट हुने पुँजीगत लाभकरलाई अन्तिम कर हुने व्यवस्था पनि कार्यान्वयनमा आएको छ । राइड शेयरिङ सेवामा लगाइएको ५ प्रतिशत कर लागु भएको छ । अब एक वर्षभन्दा बढी समय राखेर सेयर बेच्दा ७.५ प्रतिशत र एक वर्षभन्दा कम अवधिभित्र सेयर बेच्दा १० प्रतिशत लाभकर तिर्नुपर्ने छ । यस अघि ५ र साढे ७ प्रतिशत पुँजीगत कर लाग्दै आएको थियो ।
यस्तै घरजग्गामा पनि पाँच वर्षभन्दा बढी भइसकेको घरजग्गामा सात दशमलव पाँच प्रतिशत र पाँच वर्षभन्दा कम अवधिको घरजग्गामा १० प्रतिशत पुँजीगत लाभकर लाग्नेछ ।
प्रतिक्रिया