आज देखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदासम्म मदिरा बिक्रि गर्न नपाइने

२०८२ फागुन १४ गते

आज देखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदासम्म मदिरा बिक्रि गर्न नपाइने

काठमाडौं । आज देदि मदिरा बिक्रि वित्तरणमा प्रतिवन्ध लगाइएको छ । सरकारले आजदेखि निर्वाचन अवधिभर मादक पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको हो ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ३ अनुसार गठित उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न उक्त निर्णय गरेको जनाएको छ।

Advertisement:

Ad
Ad

 निर्वाचन सुरु हुनभन्दा ७ दिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदासम्म मदिराको विक्री विरणमा लगाउन सक्ने प्रतिबन्धको व्यवस्था  छ ।

 फागुन २१ गते बिहान ७ बजेदेखि प्रतिनीधिसभा सदस्यको लागि मतदान हुँदैछ। समितिको निर्णयअनुसार फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध हुनेछ।