२०८२ साउन ०८ गते
काठमाडौँ । सामाजिक सुरक्षा कोषले आफ्नो सेवाको दायरा बढाउँदै श्रमिक र श्रमिकको परिवारको स्वास्थ्यको जिम्मा समेत लिने गरी काम अघि बढाएको छ । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएसँगै कोषले सामाजिक कल्याणको क्षेत्रमा टेवा पुग्ने गरी आफ्नो सेवा बिस्तार गर्न लागेको हो ।
कोषले हरेक श्रमिकको आधारभूत सामाजिक सुरक्षाको सुनिश्चितता गरी प्रत्येक नागरिकले सर्वव्यापी स्वास्थ्य सेवाको पँहुच पुर्याउने लक्ष्य तय गरेको छ । यसका लागि जुन सुकै स्वरुपको अशक्ततामा पनि आयको निरन्तरता हुने गरी योगदानमा आधारित पेन्सनको व्यवस्था सहित राज्यको सामाजिक संरक्षणलाई दिगो बनाई समग्र सन्तुलित श्रम वजारको माध्यम मार्फत् समग्र उत्पादन र उत्पादकत्व अभिवृद्धि हुने गरी रणनीतिगत कामहरु गरिरहेको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बताए ।
अधिकारीका अनुसार कोषको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन यसै आ।व। २०८१/८२ मा थप २४ वटा सहित कूल १०७ वटा स्वास्थ्य संस्थासंग स्वचालित प्रणाली जडान डेडिकेटेड लाइन भई सेवा प्रवाह भइरहेको छ । वैदेशिक रोजगारीर स्वरोजगारीमा रहेका व्यक्तिहरुको कोषमा योगदान रकम संकलन कार्यलाई थप सहज बनाउन १२ वटा वित्तीय संस्थासंग आवश्यक सहकार्यको लागि सम्झौता गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ सम्म सामाजिक सुरक्षा कोषमा कुल रोजगारदाता सूचीकरण संख्या २०,९५१ पुगेको छ भने कुल योगदानकर्ता श्रमिकको संख्या यस आ।व। २०८१/८२ मा थप ८,८२,९४६ ले वृद्धि भई कुल २३,७४,४८६ पुगेको छ। जसमध्ये औपचारिक तर्फ ६,०१,८२५ वैदेशिक क्षेत्र तर्फ १७,७१,५३७, अनौपचारिक र स्वरोजगार क्षेत्र तर्फका श्रमिक ११२४ संख्या रहेको छ।आ.व. २०८१/८२ मा थप रु २५ अर्व ३६ करोड योगदान रकम संकलन सहित कूल योगदान रकम संकलन रु ८३ अर्व ६५ करोड पुगेको छ।
सामाजिक सुरक्षा कोषमा आवद्ध भई नियमित योगदान गरेका योगदानकर्ताहरुलाई कोषले सञ्चालनमा ल्याएका सामाजिक सुरक्षा योजनाहरुको उपयोग गरे बापत भुक्तानी गर्दै आईरहेको छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तरगत योगदानकर्तालाई २ अर्व १५ करोड, दुर्घटना तथा अशक्तता सुरक्षा योजना छ,ढघघ योगदानकर्तालाई २० करोड, आश्रित परिवार सुरक्षा योजना अन्तरगत ७ सय ४५ जनालाई २६ करोड र वृद्ध अवस्था सुरक्षा योजना अन्तरगत १ लाख १२ हजार ८ सय ६८ योगदानकर्तालाई १३ अर्व १३ करोड भुक्तानी भएको जानकारी गराउदछौ।
आ.व. २०८१/८२ मा थप ३ लाख ६२ हजार वटा दाबि भुक्तानी मार्फत छ अर्व ८७ करोड रकम सहित कुल ७ लाख ५६ हजार वटा दाबि भुक्तानी मार्फत हालसम्म कुल १५ अर्व ७५ करोड रकम भुक्तानी गरिएको छ। योगदानकर्ता सापटी अन्तरगत विशेष सापटी ३४ हजार २० योगदानकर्तालाई ६ अर्व ९० करोड, घर सापटी ६७ योगदानकर्तालाई १३ करोड र शैक्षिक सापटि १० योगदानकर्तालाई १ करोड गरी कूल ३४ हजार ९७ योगदानकर्तालाई ७ अर्व ४ करोड भुक्तानी भएको छ।
प्रतिक्रिया