महानगर प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा

२०८२ माघ ०२ गते

महानगर प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा

काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्।

उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्। पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसमक्ष राजीनामा पत्र बुझाइसकेका भए पनि हालसम्म औपचारिक स्वीकृति भने हुन बाँकी छ।

Advertisement:

Ad
Ad

राजीनामाबारे प्रतिक्रिया दिँदै पाण्डेले माघ ३ गतेसम्म आफू पदमा बहाल रहने बताए।

यसैबीच, पाण्डे फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीसहित सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको जनाइएको छ।