२०८२ माघ ०५ गते
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ–१ का लागि उम्मेदवार टुंगो लगाएको छ। पार्टीले आशिका तामाङलाई उक्त क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा अघि सारेको हो।
सोमबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत तामाङलाई औपचारिक रूपमा टिकट प्रदान गरिएको हो। उनलाई पार्टीका नेता गणेश पराजुलीले उम्मेदवारीको पत्र हस्तान्तरण गरेका थिए।
रास्वपाकी केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रन लागेकी हुन्।यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर २ वा ९ मध्ये कुनै एक स्थानबाट स्वतन्त्र उम्मेदवारी दिने संकेत गरेकी थिइन्। तर अन्ततः उनी रास्वपाको तर्फबाट धादिङमा चुनावी मैदानमा होमिने भएकी छन्।
प्रतिक्रिया