नेप्सेमा दोहोरो अङ्कको गिरावट

२०८२ माघ २५ गते

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य गिरावटका साथ बन्द भएको छ। कारोबार अन्त्यमा नेप्से १०.२५ अंकले घटेर २,६९८.४४ विन्दुमा सीमित भएको हो, जुन अघिल्लो दिनको तुलनामा ०.३७ प्रतिशतले कम हो।

दिनभरको कारोबारमा बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स लगायत अधिकांश उपसूचक राताम्य देखिए। विशेषगरी उत्पादन तथा प्रशोधन, जीवन बीमा र विकास बैंक समूहमा उल्लेखनीय दबाब देखिएको छ। यद्यपि लगानी समूह भने सामान्य सुधारसहित हरियो रह्यो।

Advertisement:

Ad
Ad

 

कारोबार अवधिभर कुल ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ। कुल कारोबार रकम करिब ११ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने २ करोड ६२ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्।

समग्रमा बजारमा आज लगानीकर्ताको मनोबल कमजोर देखिए पनि केही चयनित कम्पनीहरूमा भने आकर्षक कारोबार देखिएको छ। आगामी दिनमा नीतिगत संकेत र लगानीकर्ताको धारणा अनुसार बजारको दिशा तय हुने विश्लेषकहरूको भनाइ छ।