नेप्सेमा १०. ५३ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

२०८२ पुस १४ गते

नेप्सेमा १०. ५३ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ। साताको दोस्रो कारोबार दिन सेयर बजार ओरालो लागेको छ। पछिल्ला तीन दिनदेखि बढ्दै आएको नेप्से सोमबार १०.५३ अंक घटेर २६२२.८८ विन्दुमा बन्द भयो। 

बजारसँगै कारोबार रकममा समेत कमी आएको छ। यस दिन ३३७ स्टकको ६९ हजारभन्दा बढी कारोबारबाट करिब ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो, जुन अघिल्लो दिनको तुलनामा कम हो।

Advertisement:

Ad
Ad

 

कारोबारमा एसवाई प्यानल नेपालको सेयरमूल्य १० प्रतिशतले बढ्दै उच्च स्थानमा रह्यो भने विन नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशत घटेर सर्वाधिक गिरावटमा रह्यो। कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो।

१३ उपसमूहमध्ये विकास बैंक र म्युचुअल फण्ड बाहेक अधिकांश उपसमूह घटेका छन्, यद्यपि गिरावट दर १ प्रतिशतभन्दा कममै सीमित रह्यो।