‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ३५ नयाँ ब्रान्डको डेब्यू हुने

२०८२ साउन १९ गते

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ३५ नयाँ ब्रान्डको डेब्यू हुने

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा साउन २१ गतेदेखि सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा दुई र चार पांग्रे गाडीहरूको कडा प्रतिस्पर्धा हुने देखिएको छ। नाइमा (नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन) ले पहिलोपटक आयोजना गर्न लागेको यो एक्स्पोमा ४७ वटा स्टल रहनेछन्, ती स्टलहरु सबै बुकिङ भइसकेको छ।२१ गतेदेखि शुरु हुने एक्स्पोमा सहभागी हुने ब्राण्डका लागि स्टलहरु धमाधम निर्माणको काम यतिखेर भैरहेको छ ।

यस्तो छ नाइमामा सहभागी ब्राण्डको मुख्य आकर्षणहरू-
बीवाइडी: डल्फिन, अट्टो ३, सी सिरिजसहित एक सरप्राइज मोडल।

Advertisement:

Ad
Ad

जेइको जे–५: प्रिमियम इभी एसयूभी, ४०२ किमी रेन्ज।

लिपमोटर बी १०: ४६० किमी रेन्ज, मूल्य करिब ६० लाख।

सनलोङ माइक्रो भ्यान: १२/१३ सिटे, ४७–५१ लाख मूल्य।

फोर्थिङ: ४००ं किमी रेन्जको एसयूभी।

आईएम–६: ५०० किमी रेन्ज, मसाज सिट, ट्रिपल स्क्रिन, मूल्य ७०–८० लाख।

यी बाहेक अन्य सहभागी ब्रान्डहरूमा बीवाइडी, टोयोटा, निसान, किया, एमजी, महिन्द्रा, फस्कवागेन, ओमोडा, प्युजो, आदि गरी २३ ब्रान्ड रहेका छन् ।त्यस्तै दुई पांग्रेमा बजाज, केटीएम, होन्डा, टीभीएस, रोयल इन्फिल्ड, एथर, आदि गरी १७ ब्रान्डरहेका छन् । कमर्शियलतर्फ चेरी वान्डा, कारी, कामा, डोङफेङ, सनलङ लगायत रहेका छन् ।

नाइमा एक्स्पो नाडा अटो शोसँगको प्रतिस्पर्धाका कारण थप आकर्षक र चाखलाग्दो बन्ने अपेक्षा गरिएको छ।