२०८२ माघ ०४ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्।
मेयर शाहले आफ्नो राजीनामा महानगरकी उपप्रमुख सुनिता डंगोलसमक्ष बुझाएका हुन्। उनी आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा–५ मा निर्वाचन लड्दै छन् । उनले महानगरमा साढे तीन बर्ष नेतृत्व गरेर संसदीय राजनीतिको यात्रा सुरु गर्न लागेका हुन् ।
प्रतिक्रिया