सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

२०८२ भदौ २९ गते

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सात सय रुपैयाँले घटेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ ।

Advertisement:

Ad
Ad

शुक्रबार सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।