बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०८२ भदौ १५ गते

बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको कम्पनीले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर जारी गरेको थियो

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् यो आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल इस्योर रेटिङ प्रदान गरेको जसले मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हो

Advertisement:

Ad
Ad

यसअघि साउन गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओको बाँडफाँड भइसकेको कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो