२०८२ भदौ १२ गते
काठमाडौँ। साताको अन्तिम कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से ३८.१० अंकले घटेर २७८१ विन्दुमा पुगेको छ।
नेप्से परिसूचक घटे पनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजार आज ८ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
केहि दिन देखि लगातार सकारात्मक सर्किट लागेको विकास हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लागेको छ । यस दिन सो कम्पनीको ५६८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ४४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसै गरी भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा प्रभु स्मार्ट फण्ड रह्यो जसको ८ लाख १३ हजार ३ सय कित्ता कारोबार भएको छ।
प्रतिक्रिया