२०८३ भदौ २१ गते
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नुवाकोटका केही मानिसहरु बाढीलाई हेलचेक्र्याइँ गर्दा बगेको बताएका छन् । नेपाली कांग्रेसको आज आइतबार आयोजित कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले भने, म बाढीपछि नुवाकोट पुग्दा हेरेको कतिपय भिडियोहरुमा भिडियो बनाउँदा बनाउँदै गरेकाहरुलाई पानीले निलेको देखेँ । पूर्व सूचना पाइसकेकाहरु पनि यो खासै ठूलो बाढी होइन भनेर हेलचेक्र्याइँ गर्नेहरु बाढीसँगै बगेको देखेँ ।
भदौ १० गतेको विनासकारी बाढीपछि पहिलोपटक बसेको कार्यसम्पदान समिति बैठकमा उनले सुनाए, कतिपय जोगिन सक्नेहरुपनि थन्क्याएको पैसा सुनचाँदी यस्तै लिन जानेहरु बाढीमा परेका रहेछन् ।
सभापति थापाले बाढीपछि राष्ट्रिय सरक्षाको चुनौतिको विषय टड्कारो बनेको र यसबारे वैज्ञानिक अध्ययन गर्नु जरुरी रहेको औँल्याए ।
प्रतिक्रिया