२०८३ वैशाख २८ गते
काठमाडौँ । टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो देखिएपछि झण्डै डेढ घण्टा अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।
सोमबार बिहान ७ बजे इस्तानबुलबाट काठमाडौँ आएको एयरलाइन्सको पाङ्ग्रामा अवतरणको क्रममा आगो लागेको थियो।विमानस्थल स्रोतका अनुसार विमान रनवेमा चिप्लिएको थियो ।आगो दमकल प्रयोग गरेर निभाइएको छ ।
विमानमा सबै यात्रु सकुशल रहेको जनाइएको छ । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । करिव डेढ घण्टा विमानस्थल अवरुद्ध हुँदा धेरै उडानहरु रोकिएका थिए । यात्रुहरु विमानस्थलमै खचाखच भएका थिए ।
प्रतिक्रिया