ट्रम्प आज चीन जाँदै ,विश्वको ध्यान खिचियो

२०८३ वैशाख ३० गते

ट्रम्प आज चीन जाँदै ,विश्वको ध्यान खिचियो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज चीन राजकीय भ्रमण गर्दैछन् । शुक्रबारसम्म हुने ट्रम्पको चीन भ्रमणलाई विश्वले चासोका साथ हेरेको छ ।

ह्वाइट हाउसका अनुसार ट्रम्पको दोस्रो कार्यकालको पहिलो चीन भ्रमणमा बेइजिङस्थित ‘टेम्पल अफ हेभन’को भ्रमण र भव्य राजकीय भोजसहित भव्य समारोहहरू हुनेछन् । सन् २०१७ पछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो ।

Advertisement:

Ad
Ad


वासिङ्टन र बेइजिङबीच भन्सार महशुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दाबी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद छ।


राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रिलको सुरूमा भ्रमण गर्ने कार्यक्रम तय भएको पनि इरान युद्धका विषयमा ध्यान केन्द्रित गर्न उनले यसअघि आफ्नो भ्रमण स्थगित गरेका थिए ।

अमेरिकी अधिकारीहरुका अनुसार व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले सीलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाब दिने अपेक्षा गरिएको छ ।