डा.तोसिमा कार्कीले भनिन्,'झुट फैलाइयो म ललितपुर ३ बाटै प्रत्यक्षमा उठ्दैछु'

२०८२ पुस ३० गते

डा.तोसिमा कार्कीले भनिन्,'झुट फैलाइयो म ललितपुर ३ बाटै प्रत्यक्षमा उठ्दैछु'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा विघटित प्रतिनिधिसभाकी सांसद डा. तोसिमा कार्कीले पार्टी नछोड्ने स्पष्ट घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा आफू पार्टी छोड्न लागेको भन्ने अफवाह फैलिएको भन्दै उनले त्यसप्रति गम्भीर आपत्ति जनाएकी हुन् । 


मंगलबार फेसबुकमा स्ट्याटस लेख्दै डा. कार्कीले रास्वपालाई ‘वैकल्पिक होइन, मुलधारको मध्यमार्गी नेतृत्व गर्ने बहुमतसहितको बृहत् पार्टी’ बनाउन सुरुदेखि नै लागिरहेको र लागिरहने स्पष्ट पारेकी छन् । उनले देशका ६० जिल्लामा आफैँ पुगेर संगठन विस्तार गरेको र विदेशमा प्रवास विभाग गठनमा भूमिका खेलेको उल्लेख गरेकी छन् ।

Advertisement:

Ad
Ad

 

‘मैले दुःख गरेको, राजनीति सुरु गरेको र सपना देखेको पार्टी भएकाले रास्वपाप्रति माया लाग्छ,’ उनले लेखेकी छन्। साथै, पार्टीभित्रबाट ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराइसकेको जानकारी दिँदै बाँकी निर्णय जनताको जनादेशअनुसार हुने बताएकी छन् ।


डा. कार्कीले अब यस्ता झुटा अफवाहमा नपर्न सबैलाई आग्रह गरेकी छन् ।