२०८२ भदौ ३० गते
काठमाडौँ । अन्तरिम सरकारको नयाँ मन्त्रीमण्डल आज बिस्तार हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीले आज नवनियुक्त तीन मन्त्रीलाई शपथ गराउने भएकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङले आज ११ ३ण् बजे शपथ लिने छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार सम्हालेकै दिन अधिवक्ता तथा मानव अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय, र ऊर्जा क्षेत्रका विज्ञ कुलमान घिसिङलाई भौतिक पूर्वाधार तथा निर्माण, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन्।
यी नियुक्तिका लागि प्रधानमन्त्री कार्कीले आइतबार राति नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस पेश गरिसकेकी थिइन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जेनजी आन्दोलनका कारण पतन भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व सम्हाल्न पुगेकी हुन्।
प्रतिक्रिया