तीन मन्त्रीले भोलि सपथ लिँदै : उर्जामन्त्रीमा कुलमान अर्थमा रामेश्वर र गृहमा ओमप्रकाश

२०८२ भदौ २९ गते

तीन मन्त्रीले भोलि सपथ लिँदै : उर्जामन्त्रीमा कुलमान अर्थमा रामेश्वर र गृहमा ओमप्रकाश

काठमाडौं । आइतभार प्रधानमन्त्रीमा पदभार गरेकी सुशीला कार्कीले मन्त्रिपरिषद्मा तीन सदस्य थपेकी छन् । पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनाललाई अर्थमन्त्री,नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी र अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

तीनै जनाको शपथ भोलि दिने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले वाणिज्यपोष्टलाई बताएका छन् ।

Advertisement:

Ad
Ad