अर्थमन्त्री वाग्लेले लत्याए योजना आयोगले दिएको सिलिंगलाई, २ खर्ब ३४ अर्बले बढ्यो बजेट

२०८३ जेठ १५ गते

अर्थमन्त्री वाग्लेले लत्याए योजना आयोगले दिएको सिलिंगलाई, २ खर्ब ३४ अर्बले बढ्यो बजेट

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ लागि कुल २१ खर्ब २४अर्बको बजेट संसदमा प्रस्तुत गरेका छन् । 

 

Advertisement:

Ad
Ad

राष्ट्रिय योजना आयोगले सरकारलाई बजेटका लागि १८ खर्ब ९० अर्बको सिलिंग तोकेको थियो । अर्थमन्त्रीले ल्याएको बजेट सिलिंगभन्दा २ खर्ब ३४ अर्बले बढी रहेको छ । 

 

पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको विनियोजन रहने  छ ।अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने  छ।


जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।