अर्थमन्त्री डा. वाग्लेद्वारा अर्थमन्त्रालयको कार्यकक्षबाटै न्युयोर्कमा आयोजित मन्त्रीस्तरीय विकासका लागि वित्त’ सत्रलाई सम्बोधन

२०८३ वैशाख ०८ गते

अर्थमन्त्री डा. वाग्लेद्वारा अर्थमन्त्रालयको कार्यकक्षबाटै न्युयोर्कमा आयोजित मन्त्रीस्तरीय विकासका लागि वित्त’ सत्रलाई सम्बोधन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्अन्तर्गत न्युयोर्कमा आयोजित ‘विकासका लागि वित्त’ सम्बन्धी मन्त्रीस्तरीय सत्रलाई सम्बोधन गरेका छन्।सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट भर्चुअल माध्यममार्फत प्रमुख वक्ताका रूपमा सहभागी हुँदै उनले अल्पविकसित र विकासोन्मुख मुलुकहरूले भोगिरहेका वित्तीय चुनौतीका विषयमा धारणा राखे।

 

Advertisement:

Ad
Ad

सम्बोधनका क्रममा अर्थमन्त्री डा. वाग्लेले नेपाल जस्ता मुलुकहरूको दिगो विकास लक्ष्य हासिल गर्न ठूलो लगानीको खाडल रहेको औंल्याए। उनले जलवायु परिवर्तनको जोखिम र विश्वव्यापी आर्थिक अनिश्चितताका बीच विकासशील देशहरूले आन्तरिक स्रोत परिचालन मात्र नभई अन्तर्राष्ट्रिय सहुलियतपूर्ण वित्त र वैदेशिक लगानीमा सहज पहुँच पाउनुपर्नेमा जोड दिए।

 

मन्त्री वाग्लेले नेपाल अहिले आर्थिक सुधारको नयाँ चरणमा रहेको जानकारी दिँदै सरकारले सुशासन, संरचनागत सुधार र निजी क्षेत्रको मनोबल बढाउने नीति लिएको स्पष्ट पारे।“हामी नियमित प्रक्रियाभन्दा माथि उठेर आर्थिक रूपान्तरण गर्न चाहन्छौँ,” उनले भने, “यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्य अपरिहार्य छ।”

 

न्युयोर्कमा जारी उक्त उच्चस्तरीय सत्रमा विभिन्न देशका मन्त्रीहरू, राष्ट्रसङ्घका प्रतिनिधिहरू र विज्ञहरूले सहभागिता जनाएका छन्।