२०८३ भदौ ०९ गते
काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। १५ प्रतिशत बोनस शेयरको कुल मूल्य ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबर रहेको छ।
भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ। लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १ गते बिहीबार होटल इम्पेरियलमा १७औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ २२ गते बुक क्लोज गर्ने जनाएको छ। यसअनुसार भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
प्रतिक्रिया