सरकारले बिस्थापित सुकुम्बासीलाई २५ हजार खर्च दिने

२०८३ जेठ ०५ गते

सरकारले बिस्थापित सुकुम्बासीलाई २५ हजार खर्च दिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाबाट विस्थापित भएका सुकुम्बासीका लागि एकमुष्ट २५ हजार खर्च उपलब्ध गराउने भएको छ ।मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विस्थापित सुकुम्बासीका लागि एकमुष्ट २५ हजार खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।


यसका लागि उनीहरूको विवरण रुजु गरी प्रतिपरिवार पुनस्स्थापना खर्चबापत सो रकम दिने निर्णय गरिएको हो ।

Advertisement:

Ad
Ad

 

त्यस्तै, वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न ५ सदस्य भएको परिवारलाई प्रति महिना १५ हजार र सोभन्दा बढी सदस्य भएकालाई प्रतिसदस्य थप २ हजारका दरले हाललाई ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराइने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।