सुकुम्बासी बस्तीमा गएर प्रसाइँको उक्साहट,'तपाइँको घर भत्काउन महानगर आए बालेनको घर भत्काउन जानुस्'

२०८२ कात्तिक २३ गते

सुकुम्बासी बस्तीमा गएर प्रसाइँको उक्साहट,'तपाइँको घर भत्काउन महानगर आए बालेनको घर भत्काउन जानुस्'

काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ९बालेन० र उनका समर्थकहरूसँग प्रतिवाद गर्दै मनोहरास्थित सुकुम्बासी बस्तीको पक्षमा उभिने घोषणा गरेका छन्।

 

Advertisement:

Ad
Ad

आइतबार आयोजित कोणसभामा उनले सुकुम्बासी बस्ती भत्काउने महानगरको प्रयास असफल पार्ने चेतावनी दिए। प्रसाईंले सुकुम्बासीहरूलाई बालेनको घरमा गएर परिवारलाई बाहिर निकाल्न उक्साउने विवादास्पद टिप्पणीसमेत गरे।

 

उनले बालेन र भिक्टर पौडेलले दुई करोड रुपैयाँ लिएर बब्लु गुप्तालाई मन्त्री बनाउने योजना गरेको दाबी गरे। साथै, प्रसाईंले राजनीतिक दलहरूले सुकुम्बासीलाई केवल ‘भोट बैंक’को रूपमा प्रयोग गरेको आरोप लगाउँदै आफूले भोट नमाग्ने तर उनीहरूलाई पक्की घर बनाउन सहयोग गर्ने वचन दिए।