२६ लाख लिएर श्रीमती फरार भएपछि दुई छोरी बोकेर हारगुहार गर्दै आशिकाको शरणमा

२०८३ भदौ ०९ गते

२६ लाख लिएर श्रीमती फरार भएपछि दुई छोरी बोकेर हारगुहार गर्दै आशिकाको शरणमा

काठमाडौँ । काठमाडौंमा बेकरी चलाउँदै बसेका झापा १ का पुण्य प्रसाद अधिकारीको श्रीमतीले २६ लाख रुपैयाँ लिएर फरार भएपछि पती यतिखेर बिचल्लीमा परेका छन् । ६ वर्षिया र ९ वर्षकी दुई छोरी बोेकेर पिडीत युवा सांसद आशिका तामाङसँग हार गुहार गर्न पुगेका छन् । 


उनले सांसद तामाङसँग अहिले आफू बेखर्ची भएको र भोकै बस्न बाध्य भएको बताएका छन् । खर्च अभाव र तनावले छोरीहरुको विद्यालय छुटेको बताएका छन् ।सांसद तामाङले पिडीतलाई हरहमालमा सहयोग र न्याय दिने आश्वासन दिएकी छिन् । 

Advertisement:

Ad
Ad