२०८२ चैत २२ गते
काठमाडौँ । सरकारले व्यवसायीहरू पक्राउ गरेसँगै उच्च अंकले सेयर बजार घट्न थालेपछि लगानीकर्ताहरू विरोधमा उत्रिएका छन्।
केही समयअघि लगानीकर्ता तिलक कोइराला, विकास श्रेष्ठ सहितका लगानीकर्ताहरू सिंहदरबारको पश्चिम गेट अगाडि विरोध गर्न पुगेका थिए।तर, प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएर नेपाल आयल निगम अगाडि पुर्याएको थियो।
यससँगै अहिले लगानीकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय पुगेर विरोध जनाउन हिँडेका छन् ।
शेयर बजार गत हप्ता यता मात्रै २०० अंकले घटिसकेको छ । लगानीकर्ताहरुले रास्वपा सरकारले सेयरबजार लगानीकताहरुलाई आश्वस्त पार्न नसकेको आरोप लगाएका छन् ।
प्रतिक्रिया