२०८२ माघ ११ गते
काठमाडौं । आम निर्वाचनको लहरसँगै सेयर बजारले केही दिन यता दैनिक सुधारको लय पक्रेको छ । आज आइतबार साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.५५ अंकले बढेर २७७२.१७ बिन्दुमाउक्लिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से ९.२३ अंकले बढेको थियो ।आइतबार नेप्सेमा कुल १३ अर्ब ७८ करोड माथिको कारोबार भएको छ । गत साताको बिहीबार भने नेप्सेमा कुल ९ अर्ब माथिको कारोबार भएको थियो ।आइतबार कारोबारमा आएकामध्ये २४० कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सबै समूह सूचकमा हरियाली छाएको छ ।
प्रतिक्रिया