२०८२ पुस ०१ गते
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को बिन्दुमा कायम भएको छ ।
आज ३२५ कम्पनीको ७८ लाख चार हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २९ करोड ४२ लाख २७ हजार ११२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा व्यापार समूह बाहेक सबै समूहको उपसूचक बढेको छ ।
काठमाडौ । उतारचढावपूर्ण रहेको सेयरबजारमा मंगलबार दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से १८.३७ अंकले बढेर २ हजार ६१९.९९ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३२५ कम्पनीका सेयर कारोबार भएका छन् ।
जसमध्ये १८७ कम्पनीका सेयरमूल्य बढेका छन् भने ६१ कम्पनीका सेयरमूल्य घटेका छन् । बाँकी ११ कम्पनीका सेयरमूल्य भने स्थिर रहेका छन् । आज सेयरबजारमा ७८ लाख ४ हजार ४५ कित्ता सेयर ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा १४ करोड ७७ लाख रुपैयाँले कमी हो ।
मंगलबार सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक मात्रै ओरालो लागेको छ । बाँकी सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक १।५६ प्रतिशतले बढेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था, नारायणी डेभपलमेन्ट बैंक तथा एसवाई प्यानल नेपालका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।
प्रतिक्रिया