बढेर बन्द भयो तिहार बिदा अघिको सेयर बजार

२०८२ कात्तिक ०२ गते

बढेर बन्द भयो तिहार बिदा अघिको सेयर बजार

काठमाडौँ । साताको पहिलो कारोबारका दिन आइतबार नेप्से परिसूचक १६.६७ अङ्कले बढेको छ ।

आज नेप्से परिसूचक १६.६७ अङ्कले वृद्धि भएर २ हजार ५०३ अङ्कमा कायम भएको छ । निरन्तर रूपमा घटेर २४ अङ्कमा पुगेको नेप्से आज सामान्य अङ्कले वृद्धि भएको हो । 

Advertisement:

Ad
Ad

तर, नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । गत बिहीबार नेप्सेको ३ अर्ब २७ करोडको बराबरको कारोबार भएकोमा आज २ अर्ब ७९ करोड रुपैयाँमा खुम्चिएको छ ।  


आज १६३ कम्पनीको मूल्य बढ्दा ७८ को घटेको छ भने ८ को स्थिर रहेको छ । आजको कारोबारमा नेप्सेका अधिकांश सूचकहरू बढेका छन् । 


आज १३ उपसमूह मध्ये १० वटा उपसमूहको सूचक बढेको छ । जसमा बैंकिङ ०.८७, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.७०, लगानी ०.७५, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, माइक्रोफाइनान्स ०.४७, अन्य १.१६ तथा व्यापार ०.९० प्रतिशत बढेको छ । 

तर, विकास बैंक ०.२१ , निर्जीवन बीमा समूह ०.३४ प्रतिशत र म्युचुअल फण्डको ०.१३ अङ्कले घटेको छ । आज कारोबारमा आत्मनिर्भर लघुवित्त र हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशत बढेको छ ।

त्यस्तै भगवती हाइड्रोपावरको ९.८८, एसियन हाइड्रोपावरको ७.८० तथा अभियान लघुवित्तको ६.०१ प्रतिशत मूल्य बढेको छ । तर यता हिमालयन म्युचुअल फण्ड र कालिका लघुवित्त वित्तीय संस्थाको सेयर घटेको छ । 

कारोबारको आधारमा आज नेपाल रिलायन्स कम्पनीको २८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।