सेबोनको अध्यक्ष पदमा नियुक्तिका लागि तीन उम्मेदवारको नाम सिफारिस,आजैको मन्त्रीपरिषद्ले नियुक्त गर्न सक्ने

२०८३ जेठ ११ गते

सेबोनको अध्यक्ष पदमा नियुक्तिका लागि तीन उम्मेदवारको नाम सिफारिस,आजैको मन्त्रीपरिषद्ले नियुक्त गर्न सक्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा नियुक्तिका लागि तीन जना उम्मेदवारको नाम सिफारिस भएको छ । अध्यक्ष छनोट सिफारिस समितिले तीन जनाको नाम मन्त्रालय समक्ष सिफारिस गरेर मन्त्रालयले मन्त्रिपरिषमा पेस गर्ने तयारी गरेको छ । 


स्रोतका अनुसार धितोपत्र बोर्डकै बहालवाला कार्यकारी निर्देशक विनयदेव आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकद्वय मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टको नाम सिफारिस भएको छ । 

Advertisement:

Ad
Ad


संक्षिप्त सूचीमा परेका आवेदकहरूसँग जेठ ८ गते अर्थ मन्त्रालयमा अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण लिएपछि समितिले अन्तिम तीन जनाको नाम अर्थ मन्त्रालयमा पठाएको हो ।