सर्वसाधारणका लागि सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला

२०८३ जेठ २८ गते

सर्वसाधारणका लागि सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला

काठमाडौँ । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज जेठ २८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई ७ लाख ५ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको छ।

यस निष्काशनमा असार २ गतेसम्म आवेदन दिन सकिने छ।  आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ।  शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

Advertisement:

Ad
Ad

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले विभिन्न प्राइमर तथा रङ्गहरु उत्पादन गरि बिक्री वितरण गर्दै आएको छ। कम्पनीका अध्यक्ष शिव सिंह कार्की हुन् भने अन्य संचालकमा लक्ष्मीई दत्त पाण्डेय , नविन प्रसाद भट्ट र कमलेश पाण्डेय रहेका छन्।