संसद विघटन जेनजीको अडान ,दबावमा राष्ट्रपति

२०८२ भदौ २७ गते

संसद विघटन जेनजीको अडान ,दबावमा राष्ट्रपति

काठमाडौँ ।शितलनिवासमा बिहीबार रातिसम्म भएको छलफलले सुशिला कार्कीलाई नयाँ सरकारको प्रधानमन्त्री अर्थात अन्तरिम सरकारको अध्यक्ष बनाउने तय भएको छ । यद्यपि जेनजीले बलियोसँग उठाउँदै आएको संसद विघटनको विषयमा राष्ट्रपति सहमत नहुँदा बैठक निचोडमा नपुगि टुंगिएको थियो ।जेनजी आन्दोलनको जगमा भएको सत्ता उलटपुलटपछि नयाँ बन्न लागेको सरकारको प्रधानमन्त्रीमा सुशिला कार्कीको नाममा सर्वपक्षीय सहमति बनिसके पनि उनलाई कुन कानुनमा टेकेर प्रधानमन्त्री बनाउने भन्नेमा अझै अन्यौल कायमै छ ।

यस्तोमा अहिले बिहान फेरि छलफलमा बस्ने गरी वार्ता टुंगिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ  । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी भएको छलफल बिहीबार बिहान ३ बजेसम्म चलेको थियो। तर कार्कीलाई सरकार प्रमुखमा कसरी नियुक्त गर्ने भन्ने विषयमा अन्तिम निष्कर्ष नआएपछि बैठकलाई शुक्रबार बिहानका लागि सारिएको हो।

Advertisement:

Ad
Ad

जेनजी पुस्तालाई अप्रत्यक्ष ढंगले लिड गरिरहेका बालेनले बुधबारनै संसद विघटन गर्ने गरी जेनजीका माग सुनुवाई गरेर अन्तरिम सरकार गठनका लागि राष्ट्पतिलाई अनुरोध गरेका थिए । निकै संकटमा रहेका राष्ट्रपतिलाई बिहीबार दलका नेताहरुले यही संविधान भित्र रहेर संसद बिघटन नगर्ने गरी समाधान खोज्न दवाब दिँदै आएका छन् ।