संसद् बैठकका लागि सरकारको सिफारिस, वैशाख २८ मा दुवै सदन बस्ने

२०८३ वैशाख २२ गते

संसद् बैठकका लागि सरकारको सिफारिस, वैशाख २८ मा दुवै सदन बस्ने

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको बैठक वैशाख २८ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले भने,‘आज एउटा मात्रै महत्वपूर्ण निर्णय भएको छ । वैशाख २८ गते दिनको २ बजे संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको छ ।’

 

Advertisement:

Ad
Ad

यसअघि वैशाख १७ गतेका लागि आह्वान गरिएको संसद बैठक स्थगित गरिएको थियो ।