बिचाराधिन ५२ संवैधानिक पदाधिकारीको नियुक्ती बहुमतबाट सदर, मध्यरातमा टुंगियो

२०८२ असार १९ गते

बिचाराधिन ५२ संवैधानिक पदाधिकारीको नियुक्ती बहुमतबाट सदर, मध्यरातमा टुंगियो

काठमाडौँ । बिचाराधिन ५२ संवैधानिक पदाधिकारीको नियुक्तीबारेको विवाद सर्बोच्चले मध्यरातमा टुंग्याएको छ । सर्वोच्च अदालतले साढे चार वर्षदेखि विचाराधीन ५२ संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विवादलाई अन्ततः बुधबार मध्यरातमा टुंग्याएको हो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको अध्यादेशका आधारमा १० असार २०७८ मा भएको २० पदाधिकारी नियुक्ति सर्वसम्मतबाट सदर भएको छ भने त्यसअघि २१ माघ २०७७ मा भएको ३२ पदाधिकारीको नियुक्तिलाई भने बहुमतबाट सदर गरिएको छ । 

साढे चार वर्षअघि भएको ३२ पदाधिकारीको नियुक्ति सदर हुने भन्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र मनोज शर्माले आदेश गरेका हुन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीले भने उक्त नियुक्ति खारेज हुने निर्णय गरेका थिए, जुन अल्पमतमा परेको छ ।

Advertisement:

Ad
Ad

यसरी नियुक्तिविरुद्ध परेको रिट खारेज भएको छ । साढे चार वर्षदेखि विचाराधीन मुद्दामा लगातार ११ पटक सुनुवाइ गरेपछि इजलासले निर्णय सुनाउनका लागि ४८ दिनको समय लिएको थियो ।