सुनको भाउ घट्यो, चाँदी महँगियो

२०८३ जेठ ०८ गते

सुनको भाउ घट्यो, चाँदी महँगियो

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ सामान्य घट्दा चाँदीको मूल्य भने बढेको छ । आज सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला ६५ रुपैयाँले महँगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

Advertisement:

Ad
Ad

 

यस्तै, चाँदीको मूल्य शुक्रबार प्रतितोला ५ हजार १ सय १५ रुपैयाँ पुगेको छ । बिहीबार भने चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।