२०८२ असोज ०८ गते
काठमाडौं । साझा यातायातले दशैंमा काठमाडौं–नारायणगढ–काठमाडौं बस सेवा सञ्चालन गर्ने भएको छ ।
दशैंको बेलामा यात्रुहरुको चाप र असुविधालाई मध्येनजर गर्दै साझाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौं फर्किने गरी बस सेवा सञ्चालनमा ल्याउने जनाएको हो ।
काठमाडौं–नारायणगढसम्मको एकतर्फी भाडा ३ सय रुपैयाँ मात्रै तोकिएको साझा यातायात ले सूचना जारी गरी जनाएको छ । साझा यातायात सहकारी संस्थाका अनुसार ललितपुरको पुल्चोकबाट लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकीबाट बसहरु नारायणगढ प्रस्थान गर्ने छन् ।
कलंकीबाट साझा यातायातको पहिलो बस बिहान ७ बजे नारायणगढ प्रस्थान गर्ने छ । त्यसपछि क्रमशस् ८, ९, १०, ११ र १२ बजे प्रत्येक एक घण्टाको अन्तरालमा बसहरु नारायणगढ प्रस्थान गर्ने छन् ।
नारायणगढ पुगेपछि ती बसहरु यात्रुहरु लिई नारायणगढ बसपार्कबाट पुल्चोक हुँदै काठमाडौं फर्किनेछन् ।यात्रा गरेवाफत यात्रुहरुले एकतर्फी भाडा ३०० रुपैयाँ बुझाई अनिवार्य रुपमा साझा यातायातको टिकट लिनुपर्ने छ ।
यात्रुहरुलाई सिटमा बाहेक उभिएर वा मुढामा राखेर यात्रा नगराउने साझा यातायात सहकारी संस्थाले जनाएको छ ।
साझा यातायातका यात्रुहरुलाई अनिवार्य रुपमा टिकट लिएर यात्रा गर्न भनिएको छ । अन्यथा प्रचलित नियम कानुन बमोजिम कारबाही हुनेछ ।
प्रतिक्रिया