काठमाडौं-मुग्लिन सडकको बीच भागमै चिरा पर्यो, सडक पूर्ण रुपमा बन्द

२०८३ भदौ १४ गते

काठमाडौं-मुग्लिन सडकको बीच भागमै चिरा पर्यो, सडक पूर्ण रुपमा बन्द

काठमाडौं । बाढीका कारण काठमाडौं(मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडक अवरुद्ध भएको हो ।


धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको छ । बाढीले कटान गरेपछि सडक केही भासिएको छ ।

Advertisement:

Ad
Ad

 

आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरुपमा बन्द भएको हो । सडक बन्द भएपछि यात्रु अलपत्र परेका छन् ।