२०८२ माघ ०१ गते
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीको शान राख्ने गरी आफूले काम गर्ने बताएका छन् ।उनले सदियौँदेखि परिवारबाद र नातावादबाट कब्जामा परेको पार्टी अब सबै प्रकारका परिवारवाद र गुटबाट मुक्त भएको समेत घोषणा गरेका छन् ।
उनले अब पार्टी एकताबद्ध भएर अघि बढ्ने बताए । उनले पार्टी गुटमुक्त होस् भन्ने पार्टी कार्यकर्ताहरुको वर्षौंको चाहाना आज आएर पूरा भएको जिकिरसमेत गरे ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टी आजदेखि सबै खाले परिवारवादबाट मुक्त भयो । सबै गुटबाट पनि मुक्त भयो । अबदेखि कांग्रेसमा कोही ६० पनि छैन, कोही ४० पनि छैन । हामी सबै एउटै हो । यहाँ कसैले कसैलाई चिन्दैनन् । गुटहरु मासियोस् भन्ने कुरा जुन तपाई्रहरुले चाहनुभएको थियो त्यही कुरा आज हामीले पूरा गरेका छौँ ।’
सभापति थापाले पार्टीलाई एकताबद्ध बनाउँदै सबै नागरिकको आफ्नो पार्टी बनाउन प्रयासरत रहने बताए ।
प्रतिक्रिया