२०८२ फागुन २४ गते
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० हालसम्म १०७ क्षेत्रमा विजयी भएको छ । आज बिहान ११ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १८ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरेका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १५ क्षेत्रमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ । नेकपा(एमाले)ले ७ स्थानमा विजयी हुँदा ३ स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट हालसम्म ७ उम्मेदवार विजयी भएका छन् भने २ स्थानमा अग्रता लिएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका १ जना उम्मेदवार विजयी र २ अग्रस्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।
प्रतिक्रिया