रास्वपाको १५ क्षेत्रमा जित,१०१ क्षेत्रमा अग्रता

२०८२ फागुन २३ गते

रास्वपाको १५ क्षेत्रमा जित,१०१ क्षेत्रमा अग्रता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले १५ क्षेत्रमा जित हात पारेको छ भने १०१ क्षेत्रमा अग्रता लिएको छ । पुराना दल नेपाली कांग्रेस र नेकपा एमालेका चर्चित नेताहरुलाई पराजित गर्दै रास्वपाले नयाँ लहर देखाइरहेको छ । हालसम्म सबैभन्दा धेरै काठमाडौं जिल्लाका १० क्षेत्रमध्ये ८ क्षेत्रमा मात्रै रास्वपा विजयी भएको छ । बाँकी दुई क्षेत्रमा पनि अग्रता कायम गरेको छ । 

 

Advertisement:

Ad
Ad

मोरङ ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रबिना आचार्य, धनुषा ३ मा मनिष झा, काठमाडौं १ मा रञ्जु न्यौपाने,काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ सस्मित पोखरेल, काठमाडौं ७ गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त महर्जन, काठमाडौं ९ मा डोलप्रसाद अर्याल, काठमाडौं १० प्रदीप विष्ट, कास्की २ उत्तमप्रसाद पौडेल, कास्की ३ बिना गुरुङ र बाँके १ सुरेशकुमार चौधरी र रुपन्देही(४ मा कन्हैया बनियाले जित हात पारेका छन् ।