राष्ट्रपति र जेनजी प्रतिनिधीबीच शितलनिवासमा केही बेरमा छलफल हुँदै,प्रधानमन्त्री कार्की पनि सहभागी हुने

२०८२ असोज २५ गते

राष्ट्रपति र जेनजी प्रतिनिधीबीच शितलनिवासमा केही बेरमा छलफल हुँदै,प्रधानमन्त्री कार्की पनि सहभागी हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बिहान जेनजी प्रतिनिधिहरुसँग छलफल गर्दै छन् । आज बिहान ९ बजेपछि शीतल निवासमा राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रेस सल्लाकार पोखरेलका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनेछिन् । आजको छलफलमा जेनजीको माग र आगामी राजनीतिबारे छलफल हुने उनको भनाइ छ ।

Advertisement:

Ad
Ad

यसअघि शुक्रबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित सर्वदलीय बैठक गरेका थिए । बैठकमा जेनजी आन्दोलन, नयाँ सरकार, फागुन २१ गतेका लागि घोषित निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।