२०८३ वैशाख २८ गते
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिस्कार गरेको छ । कांग्रेसका सांसदहरुले असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीको जवाफदेहिता र हेलचेक्याइँप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्रीसँग जवाफ माग गर्नुपर्ने भए पनि बैठकमा प्रधानमन्त्री अनुपस्थित रहेको कांग्रेसको भनाइ छ।समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव छन्। उनीहरू सोमबार ११ बजे बोलाएको बैठकमा अनुपस्थित रहेको संसदीय दल नेता आङ्देम्बेको सचिवालयले जनाएको छ।
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको टिप्पणी गरेका छन्।
प्रतिक्रिया