२०८२ असोज ०८ गते
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले बिचौलियाको स्वार्थमा काम गर्दै आएको आरोप लागेका राजश्व सचिव दिनेश घिमिरेको सरुवा गरेका छन् । दिपक भट्ट र शुलभ अग्रवाल लगायतका हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ता समूहको स्वार्थ अनुरुप चलेको घिमिरेमाथि आरोप लाग्दै आएको थियो ।
अर्थमन्त्रालयमा खनालको नेतृत्वपछि मन्त्रालयमा कर्मचारी संरचना फेरबदल भइरहेको छ।यसैबीच, भट्ट समूहलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने र हिमालयन रि समूहलाई नेपाल रिइन्स्योरेन्स कम्पनी कब्जा गराउने काममा सचिव रामेश्वर घिमिरेको मुख्य भूमिका रहेको समाचारहरु बाहिरिएका थिए ।
घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका सन्तोषनारायण श्रेष्ठलाई जोगाउने प्रयास गरिरहेको मन्त्रालय स्रोतको दाबी छ। घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दियो ।
प्रतिक्रिया