२०८३ भदौ २४ गते
सुनसरी । सुनसरीमा भएको सडक दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ।
दुहबी नगरपालिका–११ स्थित सिमरबना पुलको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा गढी गाउँपालिका–२ का ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको हो।
प्रहरीका अनुसार शुक्रबारेबाट नहरतर्फ जाँदै गरेको बा ७५ प ३११० नम्बरको मोटरसाइकल मंगलबार साँझ करिब ७ः१० बजे अनियन्त्रित भई पुलबाट करिब १५ मिटर तल खसेको थियो।
गम्भीर घाइते थान्दारलाई उपचारका लागि विराट शिक्षण अस्पताल, बूढीगंगा लगिएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार थान्दार रेडियो नेपाल, तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्रामका प्राविधिक अधिकृत थिए। उनको साथबाट परिचयपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया